Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीको कार्यकालको एकसय दिन: ‘अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ ।


शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको हो ।

अब उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै उहाँले सरकारले जसरी पनि उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।

मन्त्री बस्नेतले अचेल सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताउनुभयो । सरकारले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उनले सबै ठाउँहरुमा सुधार भइरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्