Logo
|
Wednesday 29th May 2024
Logo

epaper

कानुनमन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार, ‘हल्टर मोनिटर’ निकालेर अब्जर्वेशनमा राखियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

बिहीबार बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको जानकारी दिनुभयो। उहाँलाई अहिले ‘अब्जर्वेशन’ मा राखिएको छ ।

मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्