Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थागित, बोर्डले १४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी

हजारौं बिमित सेवाबाट बञ्चित



जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नदिएपछि अस्पतालले कार्यक्रम रोकेको हो ।

बोर्डले सम्झौता अनुरुप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । बोर्डले अस्पताललाई करिब १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमित सेवाबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्