Logo
|
Wednesday 29th May 2024
Logo

epaper

हातको औंलाको सफल शल्यक्रियापश्चात् कांग्रेस सांसद भण्डारी अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया (ह्याण्ड सर्जरी) सफलतापूर्वक सम्पन्न भएपश्चात् आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

सहजताका लागि उहाँको हातको औंलाको शल्यक्रिया गरिएको थियो । गत वर्ष फागुन ४ गते भण्डारी ग्याँस बिस्फोटबाट घाइते हुनुभएको र भारतमा उपचार गरिएको थियो ।


प्रा.डा. विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको अस्पतालका निर्देशन डा पेरु प्रधानले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्