Logo
|
Sunday 28th April 2024
Logo

epaper

कर्निया संकलन र वितरण, धनिलाई शुल्क : गरिबलाई निःशुल्क



शंक नारायण त्वयना/ व्यवस्थापक, नेपाल आँखा बैंक

नेपाल आँखा बैंकमा हालसम्म १ लाख व्यक्तिले मृत्यु पश्चात् आँखाको नानी (कर्निया) दान गर्ने प्रण गरिसकेका छन् । आँखाको नानी दान गर्ने प्रण गरेका व्यक्ति र मृत्युपश्चात् दुवै गरी हालसम्म संकलित आँखाको नानीमध्ये १२ हजार ३ सय ४० व्यक्तिले पुनः दृष्टि प्राप्त गर्न सफल भएका छन् । आँखाको नानीका कारण दृष्टिविहीन भएकाहरूका लागि तपार्इँ हामीले मृत्युपश्चात् आँखा दान गरिदिँदा २ देखि ४ दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन् ।

संकलित आँखाको नानी (कर्निया) प्रयोगशालामा ‘सेरोलोजिकल’ स्क्रिनिङ गरेर प्रत्यारोपणयोग्य बनाउनुपर्छ । दुवै आँखा नदेख्ने दूरदराजका विपन्न नागरिकले पहिलो प्राथमिकता पाउँछन् ।

चोटपटक,संक्रमणले आँखा बिग्रन सक्ने सम्भावना बोकेका, बिहे गर्ने उमेर समुहका छोरी मान्छेलाई पहिलो प्राथमिकतामा राखिएको हुन्छ । प्रत्यारोपण विज्ञको अनुरोधका आधारमा अस्पतालमा कर्निया पठाइन्छ ।


यदि बिरामीले साच्चिकै शुल्क तिर्न नसक्ने अवस्था भएमा तिर्न सक्ने व्यक्तिबाट केही शुल्क लिएर तिर्न नसक्नेलाई निःशुल्क सेवा उपलब्ध गराइन्छ ।

नेपाल आँखा बैंकलाई लाइन्स क्लब राजधानी, नबिल बैंक, रोटरी क्लब अफ त्रिपुरेश्वर लगायतका केहि दातृ निकायहरूले आर्थिक सहयोग गर्दै आएका छन् । त्यस्तै हिमालयन आई क्याटर्याक्ट प्रोजेक्टले आँखा बैंकलाई विभिन्न टेक्नोलोजी, क्वालिटी कन्ट्रोल र स्टाफहरूलाई सहयोग पुर्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्