Logo
|
Tuesday 30th April 2024
Logo

epaper

औषधि व्यवस्था विभागको निर्देशनः ‘समूह ‘ख’ अन्तर्गत प्रतिजैविक औषधिको लेवलमा अनिवार्य रातो धर्का राख्नु’

औषधिको प्रकृतिबारे प्रयोकर्ता र गैर स्वास्थ्यकर्मीलाई सजिलै पहिचान गर्न सहज हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले समूह अन्तर्गत प्रतिजैविक औषधिको लेवलमा अनिवार्य रातो धर्का राख्न उत्पादक कम्पनि र आयातकर्ताहरुलाई निर्देशन दिएको छ ।

२०८० भदौ ११ को विभागीय निर्णय अनुसार बजारिकृत हुने समूह ख प्रतिजैविक वर्गको औषधिहरुको प्राइमरी र सेकेन्डरी प्याकिंग सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरुमा अनिवार्य रुपमा प्राइमरी प्याकिगको लेवलमा रातो धर्का राख्न सम्बन्धित सरोकारवाल (उत्पादक तथा आयातकर्ता) लाई विभागले निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनले तयार गरेको ग्लोवल एक्सन प्लान र सोही आधारमा नेपालमा पनि नेशनल एक्सन तयार गरी सकेको र लागू गर्ने चरणमा रहेको सन्दर्भमा सो योजना अनुरुप प्रयोकर्ता लगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न तथा सो सम्बन्धि चेतनामुलक संदेश प्रवाह गर्ने र सोको परिपालना गराउने उद्देश्य अनुरुप औषधि सल्लाहकार समितिले ५५ औं वैठकले विभागलाई सिफारिस गरेको थियो ।

प्रतिजैविक औषधिहरुको अधिक प्रयोग, न्युन प्रयाग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्युनिकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरुको प्राइमरी र सेकेन्डरी प्याकिंगको लेवलमा रातो धर्का लगाउने अभ्यास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्