Logo
|
Saturday 27th July 2024
Logo

epaper

क्‍वाटी खानु भयो त ? यस्ता छन् क्वाँटीका फाइदा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्‍वाटी खाइन्छ। यसरी क्‍वाटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

यस्ता छन् क्वाँटीका फाइदा :

-कब्जियतको समस्या हटाउँछ। क्वाँटी रेसादार खानाको स्रोत हो।

-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ।

-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ।

-यो सजिलै पाच्य हुन्छ।

-पेटमा अनावश्यक वायु बनाउँदैन।

-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ।

-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।

-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ।

-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।

-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ। त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।

-पाचनशक्तिमा सुधार ल्याउँछ।

-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

प्रतिक्रिया दिनुहोस्