Logo
|
Friday 26th July 2024
Logo

epaper

वर्षौदेखि पहुँच र पावरको भरमा काजमा बस्नेहरु एक महिनाभित्रै आफ्नो दरवन्दीमा जानेछन् : स्वास्थ्यमन्त्री बस्नेत



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगिने बताउनुभएको छ ।

भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पहुँच र पावरको भरमा मन्त्रालय र आफुअनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आफुले रोजेको ठाउँ पाइन भनेर मन्त्रालयमा रोइकराइ गर्ने, आत्महत्या गर्छु भन्ने जस्ता धम्की मेरो लागि स्विकार्य छैन । सबैको काज फिर्ता हुन्छ ।’

उहाँले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको स्पष्ट पार्नुभयो ।

‘काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेका छन् ।’–उहाँले थप्नुभयो ।

संबिधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्