Logo
|
Friday 26th July 2024
Logo

epaper

बाँकेमा भाइरल फ्लूका बिरामी बढ्दै



जनस्वास्थ्य सरोकार, बाँके । बाँकेमा सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेको छ । बाँकेको भेरी अस्पताल लगायत अन्य निजी अस्पताल र मेडिकलहरूमा सिजनल भाइरल फ्लूका बिरामीहरूले भरिन थालेका छन् । सामान्य अवस्थामा भन्दा अहिले धेरै बिरामी स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहेको अस्पतालहरूले जानकारी दिएका छन् ।

घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका कारण यस्ता बिरामीहरूको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज , कोहलपुर मेडिकल कलेज, लगायतका अस्पतालमा भाइरलको सङ्क्रमणका बिरामीको चाप बढेको छ । सिजनल भाइरलफ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । घामपानीको वातावरण बालबालिकाहरूको स्वास्थ्यको लागि प्रतिकुल नहुँदा बालबालिकाहरू धेरै सङ्ख्यामा बिरामी परिरहेको चिकित्सकको भनाई छ।

प्रतिक्रिया दिनुहोस्