
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने भएको छ । क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको अस्पतालका विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
‘क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने आवश्यक तयारी भइरहेको छ, निकट भविष्यमा सेवा सुरु हुनेछ ।’ –उहाँले भन्नुभयो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब चाँडै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।
‘हिस्टो प्याथोलोजी’ सेवा बिस्तार गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,’ उहाँले भन्नुभयो ‘भेरीमा यो सेवा सुरु भएपछि क्यान्सर सम्बन्धि बिरामीलाई पनि धेरै राहत मिल्नेछ ।’
अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच चौबिसै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक ४ सय जनाले परीक्षण गराउँछन् ।
हाल बाँकेमै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि हिस्टो प्याथोलोजी सेवा प्रदान गरिएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
