Logo
|
Saturday 27th July 2024
Logo

epaper

हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिटः कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलित

दोषिलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी



जनस्वास्थ्य सरोकार, हेटौंडा । हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।

हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सुरक्षाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

चिकित्सकहरुले २४ घण्टाभित्र घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त विडारीमाथि युवाहरुको समूहले कुटपिट गरेका थिए ।

एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरुको समूहले डाक्टरहरुमाथि अस्पताल भित्रै कुटपिट गरेको मकवानपुरकाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरु अस्पताल प्रवेश गरेर दुईजना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । हातपातबाट डा. बीडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्