नेभिगेशन

नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार शनिबार सञ्चालन गरेको २३ औँ नाम दर्ता परीक्षामा कुल १ हजार ९८५ जनाले सहभागिता जनाएका थिए। ती मध्ये ७९५ अर्थात ४०.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट