आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै
मन्त्रालयद्धारा पाँच सदस्यीय वार्ता समित गठन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो । वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।
त्यस्तै, वार्ताका लागि नेपाल चिकित्सक संघको तर्फबाट डा. अनिलविक्रम कार्की, डा. सञ्जिव तिवारी लगायतको टोलीको उपस्थिती रहेको छ । संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामी वार्ताका लागि स्वास्थ्य मन्त्रालयमा छौँ, वार्ता सुरु भइसकेको छ ।’