Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

औषधि व्यवस्था विभागद्धारा १०३ प्रकारका औषधि उत्पादन तथा विक्रि वितरणमा रोक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले १०३ प्रकारका औषधि उत्पादन तथा विक्रि वितरणमा रोक लगाएको छ ।

विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।


अब नेपाली उद्योगले ती औषधि उत्पादन तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न नपाउने विभागले जनाएको छ ।

हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।

Not-recommended-Antibiotics-(1)-(1)-1694939682.jpg

औषधिहरुको सूचि

प्रतिक्रिया दिनुहोस्