Logo
|
Wednesday 8th May 2024
Logo

epaper

उपचारको विषयलाई लिएर बारम्बार चिकित्सकमाथि आक्रमण भएकोमा काउन्सिलको गम्भिर ध्यानाकर्षण

उपचारसम्बन्धी गुनासो भए काउन्सिलमा उजुरी दिन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले बिरामी उपचारको विषयलाई लिएर पटक पटक चिकित्सकमाथि हुने भौतिक आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दैै उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि भौतिक रुपमा आक्रमण गर्नेगरी भएको घटनाप्रति आपत्ति जनाएको हो ।

‘चिकित्सकले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्राई भई कुनै घटना भए त्यसबारे गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाहरुको छानविन भइरहको अवगत गराउन चाहान्छौँ ।’– काउन्सिलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै काउन्सिलले उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन सबै पक्षलाई अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्