
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी टाँस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरी सूचना टाँस्न निर्देशन दिनुभएको हो ।
त्यसैगरी गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
