
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको भोलिपल्टै एक चिकित्सकमाथि फेरि हातपात भएको छ ।
सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को ओपीडी कक्षमा कार्यरत इन्टर्न डा. मनिष खड्कामाथि हातपात भएको हो ।
ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले गाली गर्दै डा. खड्कामाथि कुटपिट सुरु गरेका थिए ।
घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
त्यहाँ कार्यरत चिकित्सकका अनुसार चिकित्सक कुट्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ जना फरार भएका छन् ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।
स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
