Logo
|
Thursday 24th October 2024
Logo

epaper

मेडिकल काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा (लाइसेन्स परीक्षा) ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार परीक्षामा मेडिकल तर्फ १४९१ र डेन्टल तर्फ ३२० गरी कुल १८११ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये मेडिकल तर्फ ६६२ र डेन्टल तर्फ १७१ जना परीक्षार्थी उत्तिर्ण भएका छन ।

यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको ६६औँ लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्