
जनस्वास्थ्य सरोकार, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ।
आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ।
'मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरिया विरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ। अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,' डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भन्नुभयो ।
सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो।
डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिको ठूलो खाडललाई कम गर्न मद्दत पुर्याएर महाद्वीपका लागि ठूलो सम्भावना बोकेको बताउनुभयो ।
उहाँले भन्नुभयो -'यी दुई खोपले औलो रोकथाम र नियन्त्रण प्रयासलाई मजबुत बनाउन र अफ्रिकाका लाखौं युवाको जीवनलाई यस घातक रोगबाट बचाउन मद्दत गर्न सक्छ।' रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
