Logo
|
Sunday 19th January 2025
Logo

epaper

बझाङ भूकम्पः घाइतेको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने



जनस्वास्थ्य सरोकार, कैलाली। बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ ।

मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिनुभयो ।

भूकम्पका कारण २७ जना घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बझाङमा भएको छ । बझाङमा एक जना बेपत्ता छन् भने १८ जना घाइते भएका छन् ।

अछाममा पाँच जना तथा बैतडी र बाजुरामा २/२ जना घाइते भएको सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्