Logo
|
Wednesday 29th May 2024
Logo

epaper

जब सर्पले डसेर मस्त निन्द्रामा रहेका तीन र आठ वर्षीया दुई छोरीको मृत्यु भयो…

सर्पदंश उपचार केन्द्रले समेत बचाउन सकेन



जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरूको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताउनुभयो ।

उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुवैको मृत्यु भएको हो ।

एकै घरका दुवै छोरीको मृत्यु भएपछि अहिले परिवार तथा सिंगो भलवाड नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्