Logo
|
Saturday 27th July 2024
Logo

epaper

केमसानको १९ औं बार्षिकोत्सवः निःसहायलाई आत्यावश्यक औषधिजन्य सामाग्री वितरण



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बार्षिक २५ अर्ब भन्दा बढी रुपियाँको कारोबार गर्ने रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान) ले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा मिनभवन सेवा सदनका लागि आवश्यक व्ल्याङ्केट र शान्तिनगरस्थित निःसहाय सेवा सदनलाई आत्यावश्यक औषधिजन्य सामाग्री उपलब्ध गराएको छ ।

हरेक वर्ष असोज २० गते केमसान दिवस मनाउने गरिएको छ । सो अवसरमा काठमाडौंको त्रिपुरेश्वरदेखि विभिन्न भागमा प्रभातफेरि गरिएको थियो ।

२०६१ सालमा स्थापना भएको केमसानको देशभर १५ शाखा विस्तार भइसकेको छ । मुलुकमा केमसान आवद्ध ६ सय भन्दा बढी सदस्य रहेका छन् । मुलुकको अर्थतन्त्रमा यो व्यवसायको जति महत्वपूर्ण योगदान छ त्यति नै बिरामीको रोग निदान र पहिचानमा मेडिकल सामाग्रीहरुको ठूलो भूमिका रहेको छ । यति धेरै कारोबार हुने र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रलाई नियमन र सहुलित प्रदान गर्न राज्य पछि हट्न नहुने व्यवसायीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्