Logo
|
Saturday 27th July 2024
Logo

epaper

औषधी, खानपान र जीवनशैलीले मधुमेह नियन्त्रणमा राख्न सकिने विज्ञहरुको सुझाव

मधुमेहलाई सामान्य रुपमा लिँदा अवस्था गम्भिर बन्दै



जनस्वास्थ्य सरोकार, बुटवल। मधुमेहका बिरामीले नियमित औषधी, स्वास्थ्य जाँच, खानपान र जीवनशैली सुधार गर्न सके रोगलाई पूर्ण नियन्त्रणमा राख्न सकिने विज्ञहरुले बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरस्थित केन सेन्टरले आयोजना गरेको ‘मधुमेहका विरामीलाई सचेतना कार्यक्रम’ मा विज्ञहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजीष्ट डा. जस्मीन तुलाधरले मधुमेह रोगीले नियमित औषधी, चिकित्सकीय परामर्श, खानपान र जीवनशैली सुधार गरे रोगलाई पूर्णरुपमा नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।

उहाँले नियमित औषधि सेवन, स्वास्थ्य जाँच, आहार, शारीरिक ब्यायाम र वर्षमा एकपटक आँखा जाँच गरेर मधुमेह रोग रोकथाम गर्न सकिने बताउनुभयो ।

त्यसैगरी सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले आफ्ना नियमित विरामीलाई प्रोत्साहन स्वरुप ‘केन लोयल्टी रिवार्ड’ प्रदान गरी उपचारमा इमान्दारिता हुनुपर्ने कुरालाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

अनियन्त्रित मधुमेहका बिरामीहरुको उपचारका क्रममा ६ देखि १२ महिनामा पूर्ण नियन्त्रित गरी औषधीमा भइरहेको खर्च आधा वा धेरै कम भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘बिरामीले समयमै सहि उपचार, चिकित्सकीय परामर्श पाएमा कम औषधी र खर्चमै मधुमेहको सुरक्षित उपचार हुन्छ ।’

त्यसैगरी, तिलोत्तमा शंकर नगरका स्थानिय बुद्धिजीवी एवं समाजसेवी डा. रोहित राज क्षेत्रीले बुटवलमा मधुमेहको निःशुल्क परीक्षण अभियान पहिले हुँदै आएपनि आम सर्वसाधारणले मधुमेहलाई सामान्य रुपमा लिँदा अवस्था गम्भिर बन्दै गएको बताउनुभयो । मधुमेह भएको थाहा पाउँदासम्म धेरै ढिला हुने हुँदा जोखिम बढेको उहाँका भनाई छ ।

त्यस्तै कार्यक्रममा पोषणविद् कुबेर गिरीले मधुमेहका विरामीहरुको खानपान र जीवन शैलीबारे जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा ५० जना भन्दा बढी मधुमेहका बिरामीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्