Logo
|
Tuesday 7th May 2024
Logo

epaper

विश्वव्यापी हात धुने दिवस २०२३ः ‘सफा हात हाम्रो पहुँभित्र हुनुपर्छ’

हात धुने बानीले श्वासप्रश्वासजन्य, निमोनिया सङ्क्रमण र झाडापखालामा कमी ल्याउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोवर १५ मा यो दिवस मनाउने गरिएको छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । यस वर्ष ‘सफा हात हाम्रो पहुँचभित्र हुनुपर्छ’ भन्ने नारा राखिएको छ । यसले विशेषगरी बालबालिकाहरूलाई हातको सरसफाइको महत्व र कसरी राम्ररी हात धुने भन्ने बारे सिकाउने प्लेटफर्मको रूपमा काम गरेको छ ।


साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्धारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।


चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।

जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्