Logo
|
Sunday 16th June 2024
Logo

epaper

डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी



डा= मदन उपाध्याय

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सोमबार डा. उपाध्यायलाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । सो पदको जिम्मेवारी डा. उपाध्ययलाई दिइएको हो ।

डा. उपाध्याय मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्