Logo
|
Saturday 27th July 2024
Logo

epaper

प्रथम प्याथोलोजी ल्यावलाई आईएसओ १५१८९ गुणस्तर प्रमाणित प्रमाणपत्र प्राप्त

क्वालिटी एक्रिडेसन इन्स्टिच्युुट (क्युएआई) बाट आईएसओ प्राप्त गर्ने नेपालमा पहिलो



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित प्रथम प्याथोलोजी ल्यावले स्थापनाको दुुई वर्षमा नै आईएसओ १५१८९ गुणस्तर प्रमाणित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

२०७८ सालमा स्थापना भएको यो ल्यावले भारतको क्युएआई (क्वालिटी एक्रिडेसन इन्स्टिच्युट) बाट आईएसओ १५१८९ गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

क्वालिटी एक्रिडेसन इन्स्टिच्युुट (क्युएआई) बाट आईएसओ प्राप्त गर्ने प्रथम प्याथोलोजी नेपालमा पहिलो हो ।

भारतमा क्लिनिकल प्रयोगशालाको आईएसओ सर्टिफाइड गर्ने एनएबीएल र क्युएआई गरी दुुईवटा निकाय छन् । नेपालमा आईएसओ १५१८९ मान्यता दिने निकाय एक्रिडिटेसन एजुकेसन रिसर्च एण्ड साइन्टिफिक सर्भिस सेन्टर (एईआरएसएससी) छ । यो अन्तर्राष्ट्रिय प्रयोगशाला मान्यता सहयोग (आईल्याक) र एशिया प्यासिफिक एक्रिडिटेसन कर्पोरेसन र एमआरए दुवै मान्यता प्राप्त संस्था हो ।

हालसम्म नेपालमा ७ वटा ल्यावले आईएसओ १५१८९ सर्टिफिकेट प्राप्त गर्न सफल भएकोमा २ वटाले एनएबिएल र अन्य ५ वटाले एईआरएसएससीबाट आईएसओ १५१८९ प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोष्टिक प्रा.लि. र काठमाडौं प्याथल्याव (केपिएल) ले नेपालमा पहिलोपटक सन् २०१५ मा एकैदिन आईएसओ १५१८९ प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सिद्धि पोलिप्याथल्याव, नर्भिक हस्पिटलको ल्याव, रिलायवल ल्यावोरेटोरी लगायतले आईएसओ १५१८९ प्राप्त गरिसकेका छन् ।

मुलुकमा आईएसओ १५१८९ मान्यता प्राप्त ल्यावको विकास र विस्तार हुँदै गएमा गुणस्तरीयताको सुनिश्चिता हुँदै जाने प्रथम प्याथोलोजी ल्यावका सञ्चालक एवं कन्सल्यान्ट प्याथोलोजिष्ट डा. निराजन मैनालीले जानकारी गराउनुुभयो ।

प्रथम प्याथोलोजी ल्याव स्टैण्ड एलोन ल्याव हो । यसले मिर्गौलाको वायोप्सी, थायरोग्लोबिन, एलर्जी, ल्युकेमिया, बोनम्यारो, ग्याँस्ट्रोको वायोप्सीलगायत करिब ४ सयभन्दा बढी प्यारामिटरको परीक्षण गर्दै आएको छ । ल्यावले इनफर्टिलिटी र जेनेटिकको पनि परीक्षण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्