
जनस्वास्थ्य सरोकार, चितवन । पित्त थैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका ३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो। स्वास्थ्य बिमामार्फत शल्यक्रिया गराउनुपर्ने उहाँको आर्थिक बाध्यता थियो।
पत्थरीका कारण उहाँलाई दुः खाई बढ्दै गयो। आर्थिक अभाव र पीडामा छट्पटारहेका उहाँको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उहाँको निःशुल्क उपचार गरेको छ।
गत असार २९ गते यहाँ स्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उहाँको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो।
पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराउनुभएको थियो ।
यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्या बारेमा जानकारी दिनुभएको थियो ।
गत वर्ष नै उहाँमा पित्त थैलीको पत्थरी समस्या देखिएको थियो। त्यतिखेर बीमा थिएन। शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बीमा गरेर मात्र शल्यक्रिया गर्ने भनी बस्नुभयो । बीमा गरेपछि पनि उहाँले सहजै सुविधा लिन पाउनुभएन ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरूको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताउनुभयो ।
उहाँका अनुसार पोखरेल आज निको भएर घर फर्किँदै हुनुहुन्छ । अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उनको शल्यक्रिया भएको हो। शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो–“चैत कुरेको भए मेरो ज्यान खतरामा हुने थियो।”
दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाइ जति बीमाका बिरामी हुन्छन्। शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्त थैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्विकार्नुहुन्छ ।
उहाँको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीन जना दरबन्दी भए पनि छात्रवृत्ति करारका एक जना चिकित्सक मात्रै छन्।
विकास समितिका नौ जना चिकित्सक छन्। बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नु परेको उहाँले बताउनुभयो । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
