Logo
|
Thursday 24th October 2024
Logo

epaper

मृत्यु हुने संख्या १ सय ५४ पुग्यो, १ सय ५० भन्दा बढी घाइते, १६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

औषधि र त्रिपालसहितको राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तत्काल लैजान निर्देशन



जनस्वास्थ्य सरोकार, जाजरकोट । प्रधानमन्त्री पुुष्प कमल दाहाल प्रचण्ड १६ जना चिकित्सकसहित भूकम्प प्रभावित क्षेत्रमा पुुग्नुुभएको छ ।


शुक्रबार राति (कात्तिक १७ गते) भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली जाजरकोट पुगेको हो । साथै प्रधानमन्त्री प्रचण्डले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र त्रिपालसहितको राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तत्काल लैजान निर्देशन दिनुभएको छ ।


जाजरकोट केन्द्रबिन्दु बनाएर सो गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक सय ५४ जना पुगेको समाचार माध्यमहरुले जनाएका छन् ।


नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ५४ जनाले ज्यान गुमाएका हन् । भूकम्पमा परेर अहिलेसम्म १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइतेको उद्धारको काम भइरहेको छ ।

रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार ज्यान गुमाएका ३७ जनामध्ये २८ जनाको सनाखत भइसकेको छ । शुुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्