
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा विरोध गरेको छ।
कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुंगाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको थियो।
दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए।
संघका महासचिव डा सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन पनि आग्रह गरेका छन्।
‘ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दछौं।’
’

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
