Logo
|
Friday 19th July 2024
Logo

epaper

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट पुन: सेवा दिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुन: सेवा दिनुहुने भएको छ ।

अस्पतालका अध्यक्ष आर.एस. भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच डा. कोइरालालाई अस्पतालमा स्वागत गर्नुभएको हो ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहनुभएका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गर्नुभएको थियो ।

काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुनः ह्याम्समा फर्कनुभएको हो । अब उहाँले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्