Logo
|
Sunday 16th June 2024
Logo

epaper

भरतपुर अस्पतालको मेसुमा डा. श्रीराम तिवारी नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्री स्तरिय निर्णय गर्नुहुँदै डा. तिवारीलाई मेसुको जिम्मेवारी दिनुभएको हो ।

यसअघि अस्पतालको मेसुमा डा. कृष्ण पौडेल हुनुहुन्थ्यो । डा. तिवारी ११औं तहका चिकित्सक हुनुहुन्छ । यसअघि उहाँ वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्