Logo
|
Saturday 27th July 2024
Logo

epaper

आन्दोलनरत मेडिकल विद्यार्थी र युनिभर्सल मेडिकल कलेजबीच ६ बुँदे सहमतिः प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गरिने

एक महिनादेखिको आन्दोलन स्थगित



आन्दोलनरत मेडिकल विद्यार्थी र युनिभर्सल मेडिकल कलेजबीच सहमतिः प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गरिने

जनस्वास्थ्य सरोकार, रुपन्देही । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएको छ।

यो सहमतिसँगै विगत एक महिनादेखिको आन्दोलन स्थगित भएको छ भने कलेजको सेवा प्रवाह र अध्ययन सुचारु भएको छ । ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै विद्यार्थीहरु आन्दोलित थिए ।

उनीहरुलेकलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्