Logo
|
Saturday 27th July 2024
Logo

epaper

विश्व रेडियोग्राफी दिवस: ‘बिरामी सुरक्षाको उत्सव मनाउँदै’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ८ नोभेम्बर अर्थात विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘बिरामी सुरक्षाको उत्सव मनाउँदै’ तय गरिएको छ ।

८ नोभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ ।

युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्छ ।

रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन् । मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्