जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको चार नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा प्रा.डा. रमेशकान्त अधिकारी र बुद्धिबहादुर थापा रहनभएको छ । काम शुरु भएको १५ दिनभित्र आयोगको उपाध्यक्षसमक्ष निर्देशकको नाम सिफारिस गर्नुुपर्ने सिमा तोकिएको छ ।
हाल भएका निर्देशककोआगामी ४ मंसिर देखि ४ वर्षे कार्यकाल पुरा हुँदै छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २९ को उपदफा ८ मा आयोगको निर्देशक बन्न निर्देंशनालय वा बोर्डको कामसँग सम्वन्धित दक्षता र कम्तीमा १५ वर्ष अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको हनुपर्ने उल्लेख छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
