Logo
|
Friday 26th July 2024
Logo

epaper

लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त, को कहाँ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको हो।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।

त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखांची अस्पतालमा लिलाधर बस्याल, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पतालमा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, पृथ्वीचन्द्र अस्पतालमा दुलारे हरिजन, रुकुम पुर्वमा सुनिल कुमार रोका र तुलसरपिुर अस्पतालमा दीपक शाहलाई अध्यक्षमा मनोनित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्