Logo
|
Sunday 28th April 2024
Logo

epaper

‘मुलुकमा विश्वका उत्कृष्ट मेडिकल टेक्नोलोजी भित्रिसके’-आर्हान्त श्रेष्ठ

नेपालको जुनसुकै कुनाबाट पनि विश्वका उत्कृष्ट टेक्नोलोजी सुविधा उपलब्ध होस् भन्ने हाम्रो उद्देश्य हो



आर्हान्त श्रेष्ठ-कार्यकारी निर्देशक, इस्ट वेस्ट कन्सर्न प्रा.ली.

न्युरोलोजिकल उपचारमा टेक्नोलोजीको धेरै सहयोग आवश्यक पर्छ । यो अन्दाज, अनुभव र लक्षणका आधारमा सम्भव हुँदैन । पहिले टेक्नोलोजीको अभावमा न्युरो डाइग्नोसिस धेरै जटिल मानिन्थ्यो ।

हाल न्युरो उपचारमा चाहिने टेक्नोलोजीको धेरै विकास भइसकेको छ । यसले न्युरो सम्बन्धि जटिल समस्या सहजै पत्ता लाग्न थालेको छ भने उपचार पनि भरपर्दो बन्दै गएको छ ।

नेपालमा न्युरो डाइग्नोसिसमा चाहिने पूर्वाधारको राम्रो विकास भएको छ । अत्याधुनिक प्रबिधिसहितका उपकरण भित्रिएका छन् । अस्पतालहरूले पनि नयाँनयाँ टेक्नोलोजीमा लगानी गरिरहेका छन् ।


हामीले नेपालमा ४२ वर्षदेखि सेवा प्रदायक स्वास्थ्य संस्थालाई विश्वकै उत्कृष्ट प्रबिधि उपलब्ध गराइरहेका छौँ । यसरी आधारभुत, शल्यक्रिया र शल्यक्रियापश्चात आवश्यक पर्ने अत्याधुनिक मेडिकल उपकरणहरू आपूर्ति गरिरहेकामा खुशी छौँ ।
नेपालमा दुईवटा ‘बाइ–प्लेन क्याथ ल्याब’ मेसिन भित्र्याइसकेका छौँ । यो नेपालका लागि धेरै ठूलो प्रगति हो । अमेरिकाका हस्पिटलले दिने सेवा पनि यस्तै हुन्छ । यो विश्वकै उत्कृष्ट क्याथ ल्याब मेसिन हो ।

न्युरो डाइग्नोसिसमा प्रयोग हुने थ्री टेस्ला एमाआरआईलाई पनि लिन सकिन्छ । यो विश्वकै सर्वोत्कृष्ट प्रबिधि हो । यसले ‘इरर’ हुने सम्भावना आउँदैन् ।

हाम्रो उद्देश्य भनेकै नेपालको जुनसुकै कुनाबाट पनि विश्वको उत्कृष्ट टेक्नोलोजी सुविधा उपलब्ध होस् भन्ने हो । हामी नयाँ नयाँ टेक्नोलोजी भित्र्याएर सेवा प्रदायकलाई उपलब्ध गराउँछौँ ।

प्रबिधि दिँदा तत्काल सर्भिसिङको ग्यारेन्टी पनि गर्छौँ । यसका लागि हामीसँग ४० भन्दा बढी बायोमेडिकल सर्भिस इन्जिनियर र सर्भिस स्पेशलिष्ट रहेका छन् । जसमध्ये २० जना सम्बन्धित कम्पनीबाट तालिमप्राप्त गरेर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्