Logo
|
Saturday 27th July 2024
Logo

epaper

महेन्द्र नारायण निधि अस्पतालका कर्मचारीले तलब पाएनन्, आन्दोलनको घोषणा, सञ्चालक समितिको घर घेराउ गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई ३ देखि १० महिनासम्मको तलब भुक्तानी नदिएपछि आन्दोलनको तयारी भएको छ । कर्मचारीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने तयारी गरेका हुन् ।

मंसिर ४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई लिखित रुपमा पाउनुपर्ने पारिश्रामिक एकमुुष्ट पाउनुुपर्ने मागसहित पत्र बुुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नारावाजी गर्ने र ६गते अस्पताल सञ्चालकको घर घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

माग पूूरा नभएमा सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएका छन् । अस्पतालले विजुलीको रकम भुक्तानी नगरेपछि विद्युत प्राधिकरणले लाइन काटेको छ । कोभिडको समयदेखि अहिलेसम्म प्राधिकरणलाई २६ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्