Logo
|
Tuesday 25th June 2024
Logo

epaper

भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना घाइते डिष्चार्ज



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना निको भई डिष्चार्ज भएका छन् ।

जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका मध्ये अब ४ जना मात्र उपचाररत रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा उपचार गराउन ल्याइएका मध्ये एक जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो । तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्