Logo
|
Saturday 27th July 2024
Logo

epaper

वीरका कार्यकारी निर्देशक डा. पौडेललाई पदीय जिम्मेवारीबाट हटाएर मन्त्रालय तानियो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई पदीय जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालय तानिएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै निर्देशकको पदीय जिम्मेवारी नरहने गरी मन्त्रालयमा हाजिर हुन पत्र पठाउनुभएको हो ।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भनिएको बताउनुभयो ।

दुई वर्षे कार्यकालका लागि नियुक्त हुनुभएका डा. पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी नै थियो ।

हेर्नुहोस् निर्वाचन आयोगको पत्र

op-1701251591.jpg

प्रतिक्रिया दिनुहोस्