Logo
|
Friday 26th July 2024
Logo

epaper

शल्यचिकित्सक समाजमा नयाँ कार्य समिति, अध्यक्षमा डा. रोमियो, महासचिवमा डा. शैल रुपाखेति (फोटो फिचरसहित)

समाजको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्नः तीनजना नेपाली शल्यचिकित्सकलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल शल्यचिकित्सक समाजमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षसमेत रहनुभएका प्रा.डा. सुनिल कुमार शर्मा सम्मेलनमा सम्बोधन गर्दै

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डा. रोमियो कंसाकार, बरिष्ठ उपाध्यक्षमा डा. रविन जोशी, उपाध्यक्षमा डा.विकल घिमिरे, महासचिवमा डा.शैल रुपाखेती, कोषाध्यक्षमा डा.सुमिता प्रधान, सहसचिवमा अनिप जोशी र सह कोषाध्यक्षमा डा.रोशन घिमिरे निर्वाचित हुनुुभएको छ । यसैगरी समाजको सदस्यमा डा.रुपेश मुखिया, डा.प्रनिल राइ, डा.टंकप्रसाद बोहरा, डा.सुुशिल ढुंगेल, डा.उत्सवमान श्रेष्ठ निर्वाचित हुनुुभएको छ ।

नेपाल शल्यचिकित्सक समाजमा नवनिर्वाचित नयाँ कार्य समितिका पदाधिकारीहरु

ललितपुुरको हिमालय होटलमा मंसिर १४, १५ र १६ गते तीनदिनसम्म भएको समाजको १५ औं अन्तर्राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षसमेत रहनुभएका प्रा.डा. सुनिल कुमार शर्मा सो समाजको अध्यक्ष हुनुहुन्थ्यो । समाजको कार्यकाल २ वर्षको हुनेछ ।


तीनजना नेपाली शल्यचिकित्सकलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

यसैगरी सो अवसरमा तीन जना नेपाली शल्य चिकित्सकलाई लाइफ टाइम अचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो । यसरी लाइफ टाइम अचिभमेन्ट एवार्ड प्राप्त गर्ने शल्यचिकित्सकहरुमा प्रा.डा.महेश खकुरेल, प्रा.डा. चन्द्रलाल भट्टचन र प्रा.डा.अच्युत राज शर्मा हुनुहुुन्छ ।

तीन विदेशी शल्यचिकित्सकलाई मानार्थ सदस्यता

यसैगरी सो अवसरमा तीन जना विदेशी शल्य चिकित्सकलाई समाजको मानार्थ सदस्यता प्रदान गरिएको थियो । मानार्थ सदस्यता प्राप्त गर्नेहरुमा श्रीलङ्काका अर्थोपेडिक सर्जन प्रा.डा.नरेन्द्र पिन्टो, पाकिस्तानका प्रा.डा.अब्दुल मजिद चौधरी र अष्ट्रेलियाका इन्डोक्राइन सर्जन. प्रा.डा.क्रिस्टोफर पाइक हुनुहुन्छ ।

मुख्य अतिथिको सम्मान पाउनेमा भट्टाचार्य र दली

समाजको मुख्य अतिथिको सम्मान ८८ वर्षीय सर्जन प्रा.डा.सुदिप कुमार भट्टाचार्य र ८५ वर्षिय सर्जन प्रा.डा.विश्वराज दलीलाई प्रदान गरिएको थियो ।

हाल समाजमा विभिन्न विधाका ५८० भन्दा बढी सर्जन सदस्य हुनुहुन्छ । सन् १९९२ मा डा. लोकविक्रम कार्कीको अध्यक्षतामा समाज स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्