Logo
|
Saturday 27th July 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि सर्ट लिष्टमा परेका १२ जनाको भोलि प्रस्तुतीकरण र अन्तर्वार्ता

को को छनोटमा परे ? (नामसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको छ ।

आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अङ्क पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रूपमा सार्वजनिक गरेको हो ।

प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मंसिर १८ गते (सोमबार) बोलाएको छ ।

प्रारम्भिक छनोट हुनेहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह तिंकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा पर्नुभएको छ ।

प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।

हेरौँ सूची :

प्रतिक्रिया दिनुहोस्