
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि सर्ट लिष्टमा परेका १२ जनाको सोमबार (आज) लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित भएको छ ।
नाम सिफारसि समितिले प्राविधिक कारण जनाउँदै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको जनाएको हो ।
समितिले आज तीन चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ता लिने गरी तालिका सार्वजनिक गरेको थियो।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सम्भवत आज स्थगित भएको प्रस्तुतिकरण तथा अन्तर्वार्ता भोलिका लागि तय हुनेछ । त्यसका लागि बेलुका पुर्नतालिका सार्वजनिक हुनसक्ने बताइएको छ ।
सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।
प्रारम्भिक छनोट हुनेहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह तिंकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा पर्नुभएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
