Logo
|
Tuesday 15th October 2024
Logo

epaper

पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध गरिन्छ: स्वास्थ्यमन्त्री बस्नेत



जनस्वास्थ्य सरोकार, पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ५० शय्याको पाँचथर अस्पतालको भवन उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध गरिने उल्लेख गर्नुभयो । पाँचथरमा एक जना एनएसथेसिया डाक्टरको प्रबन्ध मिलाइने उहाँले बताउनुभयो ।

२०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नथपिएकाले मुलुकमा चिकित्सकहरूको अभाव हुन थालेको मन्त्री बस्नेतले बताउनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने बस्नेतको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्