Logo
|
Saturday 27th July 2024
Logo

epaper

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सम्मानित हुनुभएको छ ।

आज (सोमबार) पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आयोजित समारोहमा डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । साथै, उक्त पुरस्कारसँगै ताम्रपत्रसमेत प्रदान गरिएको छ ।

डा. शाहीले मानिसलाई क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गरेको र बिरामीहरुको उपचारमा अहोरात्र खटिएर सेवा गरिएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्