Logo
|
Saturday 27th July 2024
Logo

epaper

सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. राकेश साह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोलेरेक्ट्रल सर्जन डा. राकेश साहको अध्यक्षतामा सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार नेपाल चिकित्सक संघमा भएको एक कार्यक्रममा नयाँ कार्यसमितिको बारेमा जानकारी दिइएको हो। सन् २०२४–२०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिको उपाध्यक्ष तथा प्रदेश संयोजकहरुमा क्रमश डा. राजेन्द्र चौधरी (कोशी), डा. अमरेश कर्ण (मधेश), डा. नरेन्द्र शालिके (बागमती), डा. कथित राज घिमिरे (गण्डकी), डा. नारायण दुलाल (लुम्बिनी), डा खिम केसी (कर्णाली) र डा. पवन कुमरा साह (सुदूरपश्चिम) चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा रितेश घिमिरे, सचिवमा डा. नेहाल अश्रफ, सहसचिवमा डा. पिंकी साह, कोषाध्यक्षमा डा. अमृता श्रेष्ठ र सहकोषाध्यक्षमा डा. अभिषेक राज चयन हुनुभयो ।

यसैगरी, सदस्यहमा डा. शिरिष शिलवाल, डा मयंक आचार्य, डा. अभिषेक तिवारी, डा. मनु भट्टराई, डा. अंकिता पालिखे, डा. मनिष गुरमैता, डा. प्रज्वल गौचन, डा. सरिता गुरुङ र डा. मिलन सुवेदी चयन हुनुभएको छ ।

कार्यसमितिको एक्सटर्नल अफेयर्स कोअर्डिनेटरमा डा. राजेश साह र एडिटर इन चिफमा डा. दिपक कुमार यादव चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्