Logo
|
Saturday 27th July 2024
Logo

epaper

तिलगंगा आँखा प्रतिष्ठानमा आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखा तथा हड्डी भाँचिएको पुनर्स्‍थापना सम्बन्धी दुई दिने कार्यशाला हुने भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशाला माघ ४ र ५ गते हुने जानकारी दिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार उक्त कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरु र म्याक्सिलोफेसियल सर्जनहरुको सहित १०० जनाको सहभागिता रहनेछ ।

उहाँका अनुसार कार्यक्रमको दोस्रो दिन आँखामा थाइरोइडका कारण पर्ने असरहरुबारे छलफल तथा कार्यशाला हुनेछ । उक्त छलफलमा ओकुलोफेसियल सर्जन, डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोली विशेषज्ञ वक्ताको रुपमा रहनुहुने बताइएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा वर्षेनी ५ सय बिरामीहरु आँखाको चोटका कारण उपचार गर्न आउने गरेको प्रतिष्ठानले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्