Logo
|
Tuesday 30th April 2024
Logo

epaper

सानो उमेरः अव्वल व्यवस्थापकीय क्षमता, विदेश पलायनबाट युवाहरुलाई रोक्न सकिने संभावना

‘कमिसन भन्दा पनि क्वालिटीमा बढी फोकस गरेका छौं’—सर्वेश खनाल



खनाल मेडिहब फर्मास्युटिकल्स प्रा.लि.को जनरल म्यानेजर (जिएम) हुनुहुन्छ । मेडिहबले भारतको लेवेन ल्यावोरेटोरी प्रा.लि.को औषधि नेपालमा बजारिकरण गर्दै आएको छ । सन् २०१४ मा मार्केटिङ कोअर्डिनेटरको रुपमा प्रवेश गर्नुभएका खनाल सन् २०१८ देखि जनरल म्यानेजरको भूमिकामा हुनुहुन्छ । खनालमा व्यवस्थापकीय क्षमता अव्वल छ । यसैको फलस्वरुप जिम्मेवारी सम्हालेको ५ वर्षको अवधिमा व्यवसायलाई राम्रो गतिमा ल्याउन सफल हुनुभयो । उमेरले उहाँ तीन दशक पनि पार गर्नुभएको छैन । जानौ खनालको आफ्नै शव्दबाट ।

सर्वेश खनाल-जनरल म्यानेजर, मेडिहब फर्मास्युटिकल्स प्रा.लि.

एक वर्ष थाइल्यान्डमा स्वयंसेवक
प्राथमिक शिक्षा इन्डियाबाट भयो । शुरुमा कर्साङमा अध्ययन गरेँ । त्यसपछि कक्षा ७ सम्म केरालामा । बाहिर बसेर अध्ययन गर्दा होम सिक हुँदो रहेछ । कक्षा ८ बाट नेपालको मोर्डन इन्डियन स्कुलमा भर्ना भएँ । सिबिएसई वोर्डबाट प्लस टु सम्मको अध्ययन गरेँ । त्यसपछि मार्केटिङमा स्नातक पनि गरेँ ।

बाहिर जाने इच्छा भएन । बुबाले पहिलादेखि नै गरेको व्यवसायमा साथ दिएर अघि बढ्न मन लाग्यो । शुरुका दिनमा सिकेँ । त्यसपछि काम गर्न थालेँ ।

सन् २०१७ मा आइज्याक भन्ने संस्थाबाट छनौटमा परेर थाइल्यान्ड गएको थिएँ । त्यहाँ एक वर्षजति ग्रामीण क्षेत्रका सरकारी विद्यालयका बिद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा अंग्रेजी पढाएँ । त्यो बेला विभिन्न मुलकबाट आएका साथीहरुसँग सँगै काम गरियो । आ—आफ्ना देशको कल्चर साटासाट गर्ने अवसर मिल्यो ।

लर्निङ एण्ड डुईङ’ सिद्धान्त पछ्याउदैँ
युवावस्थाको जोश, मार्केटिङ सम्बन्धि अध्ययन गरेको र केही समय देशबाहिर एक्स्पोज भएकाले आफ्नो जिम्मेवारी प्रति वफादार छु । सफलता पाउन संघर्ष गर्नुपर्ने रहेछ । बाहिरबाट देख्दा सजिलो जस्तो लाग्छ । तर त्यसभित्र धेरै मिहेनत लुकेको हुने रहेछ । सुरुसुरुमा बुबाको परिचित नामले धेरै ठाउँमा काम गर्न सहज भयो । अहिले बुबाबाट प्राप्त पहिचानलाई अपग्रेड गरिरहेको छु । नयाँ पिढीँले कसरी व्यवसाय सञ्चालन गर्लान् भन्नेमा सबैको नजर अडिएको हुन्छ । विस्तारै ‘लर्निङ एण्ड डुईङ’ सिद्धान्त पछ्याइरहेको छु ।

नविनतम प्रविधिको प्रयोग
जिम्मेवारी पाएपछि अव्यवस्थित मुख्यालयलाई व्यवस्थित बनाउन सफल भयौं । समयमा भुक्तानी उपलब्धतालाई प्राथमिकता दियौं । विश्व जगतमा दिनप्रतिदिन नयाँ नयाँ प्रविधि विकास भइरहेको छ । मार्केटिङ सेक्टरमा आर्टिफिसियल इन्टिलिजेन्स् (एआई), च्याट जीपीटीलागायतका नविनतम प्रविधिको प्रयोग हुन थालेको छ ।

निकट भविष्यमा मार्केटिङलाई एप को माध्यम, प्रविधिमा आधारित र अटो–पाइलटमा लैजाने लक्ष्य छ ।

कम्पनीको नाम माथि हुनुपर्छ
सबै टिम मेम्बरको सल्लाह सुझाव लिने गरेको छु । आफ्नो नाम भन्दा पनि कम्पनीको नाम चर्चित अगाडि हुनुपर्छ भन्ने मान्यता राख्छु । अहिले कम्पनीमा युवापुस्ताको बाहुल्यता छ । कम्पनीका काम गर्ने मानिसहरु निरन्तर परिवर्तन भइरहनसक्छन् तर कम्पनी सधैँ रहिरहनुपर्छ ।

हिजो बुबा हुनुहुन्थ्यो, आज म छु, भोलि अरु कोही हुन सक्छन् । आफ्नो भन्दा कम्पनीको नाम माथि हुनुपर्छ ।

कम्पनिका उत्पादन

अहिले लेबेन ल्याबोरेटोरीजका औषधि र सर्जिकलमा अर्थिएसका प्रोडक्टहरु नेपालमा विक्रि एवं मार्केटिङ गर्दै आइरहेका छौँ । थप दुइ कम्पनीका उत्पादन पाइपलाइनमा छन् । कोभिड–१९ महामारीका बेला इजिप्टको इभा फार्मासँग रेम्डिसिभिरको काम समेत गरेका थियौँ । लेबेन ल्यावोेरेटोरीजका पेडियार्टिक र जनरल औषधिहरु बढी लोकप्रीय छन् । साथै इन्टरनल मेडिसिन, गाइनेकोलोजी र नाक कान घाँटी विभागमा बढी खपत औषधिले पनि बजार लिइरहेको छ ।

बजारीकरण
मेडिहब फर्मास्युटिकल्स प्रा.लि.का सातै प्रदेशमा १४ वटा मुख्यालय (हेड क्वाटर) छन् । विर्तामोड, बिराटनगर, धरान, राजविराज, वीरगञ्ज, जनकपुर नारायणगढ, पोखरा, बुटवल, काठमाडौँ, भक्तपुर, दाङ, नेपालगञ्ज र धनगढीमा कुल ३० जनाले मार्केटिङ डिपार्टमेन्ट सम्हालिरहेका छन् । त्यस्तै प्रशासन र लोजिस्टिकमा थप १४ जना कार्यरत छन् ।

उत्कृष्ट सेवा दिन सफल
अहिलेको प्रतिस्पर्धी बजार छ । आफ्नै कम्पनीको उत्पादनमाथि आफैलाई विश्वास नभएमा उपभोक्तालाई विश्वास दिलाउन सकिँदैन । त्यसैले उत्पादनको गुणस्तर राम्रो छ । उत्कृष्ट मार्केटिङ टिम छ ।

हामीसँग फरक र भिन्न रणनीति छ । टर्नओभर धेरथोर जे भएपनि उत्कृष्ट सेवा दिन सफल भएका छौं ।

कमिसन होइन क्वालिटीमा केन्द्रित
हामीले गुणस्तरलाई बढी प्राथमिकता राखेका छौँ । कतिपय कम्पनीले बजारमा ५० प्रतिशत देखि २ सय प्रतिशत सम्म बोनस दिने गरेको पनि सुन्नमा आउँछ । तर हाम्रो कम्पनीले अधिकांश उत्पादनमा २० प्रतिशत भन्दा बढी बोसन दिँदैन । गुणस्तरीय उत्पादन भएकाले दिगो भइरहेका छौं । कमिसन भन्दा पनि क्वालिटीमा बढी फोकस गरेका छौं । लेबेन फर्मास्युटिकल्सका औषधि भारत, नेपाल लगायत अन्य १८ देशमा निर्यात हुँदै आएको छ । औषधिको गुणस्तरमा कुनै सम्झौता भएको छैन ।

सुझाव
नेपालमा नयाँ व्यवसाय, ट्रेडिङ, उद्योग खोल्न चाहनेहरुका लागि राम्रो अवसर हुनसक्छ । संकट भएको ठाउँमा नै अवसर खोज्नुपर्छ । हरेस खान हुँदैन । सबैजना बिदेश जाँदा कुनै समय नेपालको आवाज नै हराउन सक्छ । सामाजिक सञ्जालमा मात्र आवाज उठाएर केही हुँदैन । पछिल्लो समय राजनीतिमा युवाहरुको सक्रियता बढेको छ ।

सरकारले राम्रो अवसर र नीति ल्याउन सकेमा विदेश पलायनबाट युवाहरुलाई रोक्न सकिने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्