
जनस्वास्थ्य सरोकार, गोलबजार (सिरहा) । सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच उक्त सम्झौता भएको हो ।
उक्र सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गर्नुभयो । एक हजार लहानवासीको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गर्ने लक्ष्य रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडा वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाको उपचार गरिएको नगरपालिकाले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
