Logo
|
Sunday 28th April 2024
Logo

epaper

सञ्जीवनी इमेजिङ हाउसमा अत्याधुनिक थ्री टेस्ला एमआरआई सेवा शुरु

‘सस्तो, सुलभ र उच्च गुणस्तरीय एमआरआई सेवा दिने मुख्य उद्देश्य’



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित सञ्जीवनी इमेजिङ हाउसमा अत्याधुनिक थ्री टेस्ला एमआर सेवा शुरु भएको छ । विगत् दुई वर्षदेखि प्रयोगशाला, सिटी स्क्यान र अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आइरहेको सञ्जीवनी इमेजिङले नवीनतम प्रविधिमा आधारित थ्री टेस्ला एमआरआई हालै सञ्चालनमा ल्याएको हो ।

‘हाल सञ्चालित थ्री टेस्ला एमआरआई मेसिन उच्च प्रविधिमा आधारित छ । रोग पहिचान गर्न निकै सहज छ ।’— सञ्जीवनीका सञ्चालक दुश्यान्त कुमार बस्नेत भन्नुहुन्छ । गुणस्तर र गतिमा क्रान्तिकारी सफलता प्राप्त फिलिप्स कम्पनिको इन्जिनिया एलिसन थ्री टेस्ला एमआरआई सबैभन्दा शक्तिशाली मानिन्छ ।

सस्तो, सुलभ र उच्च गुणस्तरीय एमआरआई सेवा दिने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक बस्नेतले नेपाल हेल्थ न्युजलाई जानकारी गराउनुभयो । यहाँ नेपालकै पहिलो डीएम इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुँयालबाट एमआरआईको रिपोर्टिङ हुन्छ ।

सञ्जीवनी इमेजिङ हाउसमा जडान गरिएको अत्याधुनिक थ्री टेस्ला एमआरआई मेसिन

एमआरआइ चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । मुख्यतया स्नायु, मेरुदण्ड, हाडजोर्नी सम्बन्धी रोग पत्ता लगाउन बढी प्रयोग हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडजोर्नीको संक्रमण, दिमाग र मेरुदण्डको ट्यूमरको जाँच र उपचारका लागि एमआरआई सेवा निकै महत्वपूर्ण मानिन्छ ।

एमआरआईले नरम तन्तुहरु स्पष्टसँग देखाउँछ । साथै अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्या स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातुहरु, मोबाइल, फोन, घडि, क्रेडिट कार्ड तथा बिद्युतीय उपकरणहरु लैजान भने मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्