Logo
|
Saturday 27th April 2024
Logo

epaper

एक वर्षको अवधिमा देशका ९ जिल्लामा १ हजार ३४९ जना दादुराका बिरामी, खोपको पहुँच लक्षित जनसंख्यामा पुग्न सकेन



राष्ट्रिय खोप कार्यक्रमका मुख्य उदेश्य खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्ता र मृत्युलाई कम गर्नु, प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्ने तथा खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तिब्रता दिई दिगोपन कायम राख्ने हो । जस अनुसार सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने, सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्ने र सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने रहेको छ ।

तथ्यांक अनुसार माथि उल्लेखित राष्ट्रिय खोप कार्यक्रमका मुख्य उदेश्यहरु पुरा गर्न समुदाय स्तरदेखि राष्ट्रिय स्तरसम्मा धेरै नै चुनौति रहेको छ । चुनौतीहरु जस्तै, खोपको अपेक्षित पहुँच हाँसिल नहनु, राष्ट्रिय स्तरको तुलनामा प्रदेशमा, प्रदेशको तुलनामा जिल्लामा, जिल्लाहरुको तुलनामा स्थानीय तहमा तथा स्थानीय तहहरुको तुलनामा वडा स्तरमा खोपको एकरुपता नहुनु, शन्ूय खोप र ड्रपआउटको संख्या बढ्दै जानु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरु देखा परी रहनु र खोप खरे जाने दर उच्च हुनु रहको छ ।

हालसम्म ७२ जिल्ला र ७३३ वटा स्थानीय तह पूर्ण खोप घोषणा भैसकेको भए पनि नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार अझै पनि ४ प्रतिशत बालबालिकाहरुले कुनै पनि खोप लगाएका छैनन् । १६ प्रतिशत बालबालिकाहरुले आंशिक खोप लगाएका छन् । राष्ट्रिय खोप तालिका अनुसार ५२ प्रतिशत बालबालिकाहरुले मात्र पूर्ण खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रममा नियमित दादुरा–रुबेला खोपको पहुँच लक्षित जनसंख्यामा कम्तिमा ९५ प्रतिशत हुनु पर्नेमा नेपाल त्यो लक्ष्य अझै पनि हासिल गर्न सकेको छैन । नियमित दादुरा–रुबेला खोपको पहुँच पनि सबै तहमा एक रुपता नहुनु, नियमित दादुरा–रुबेला खोप अभियान २०७६/७७ पछि गरिएको सर्वेक्षण अनुसार नियमित दादुरा–रुबला खोपको पहुँच ८४ प्रतिशत मात्र देखिनु, सन् २०१९ को अन्त्यमा कोभिड–१९ को महामारी तथा विविध कारणहरुले गर्दा नियमित दादुरा–रुबला खोप लगाउन छुट बालबालिकाहरुको संख्यामा बृद्धि भई आ.व. २०७९–८० मा दादुराको महामारी देखियो । २०७९ मंसिर ३ गते देखि २०८० पुष १५ गते सम्मको तथ्यांकलाई केलाउने हो भने नेपालको १९ जिल्लामा सो अवधिमा १,३४९ जना दादुराका बिरामीहरु रहेको देखाउँछ ।

दादुरा देखा परेका ति जिल्लाहरुमध्ये एक तिहाई भन्दा धेरै तराईका जिल्ला रहेको देखिन्छ । दादुरा प्रभावित जिल्लाहरुमा बाँके सबैभन्दा धरेै प्रभावित जिल्ला रहको देखिन्छ । बाँकेमा मात्रै सो अवधिमा ३२९ जना दादुराका बिरामीहरु रहको तथ्यांकले देखाउँछ । दादुरा महामारीमा संक्रमित व्यक्तिहरु मध्ये ७४ प्रतिशत ९ महिला देखि १५ बर्ष मुनिका बालबालिकाहरु रहको तथ्यांकले देखाउँछ । दादुरा संक्रमित व्यक्तिहरु मध्ये दादुराको खोप नलगाएका २६ प्रतिशत, दादुराको एक मात्रा लगाएको २३ प्रतिशत, दुई वा सो भन्दा बढि मात्रा लगाएका २१ प्रतिशत तथा दादुरा खोप लगाए नलगाएको थाहा नभएको ३० प्रतिशत रहेको देखिन्छ ।

दादुरा महामारीमा संक्रमित व्यक्तिहरु मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरु रहेको तथ्यांकल देखाउँछ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको भए पनि यो रोग गर्भावस्थामा लागेमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात विकलाङ्गहरु देखा पर्न सक्छ ।

माथि उल्लेखित तथ्यांकहरुलाई सम्बोधन गर्न तथा सन् २०२६ सम्ममा नेपालमा दादुरा–रुबला रोग निवारण गर्नको लागि नेपाल सरकारले उच्च जोखिम भनि पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरि २४ जिल्लाहरुमा ९ महिनादेखि १५ बर्ष मूनिका सबै बालबालिकाहरु तथा न्यून जोखिम भनी पहिचान गरिएका बाँकी ५१ जिल्लामा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई फागुन १३ गतेदेखि शुरु गरी चैत्र ७ गते भित्र सम्पन्न हनुे गरी राष्ट्रिय स्तरको दादुरा–रुबला खोप अभियान २०८०–८१ संचालन गर्दैछ । यस अघि नै जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाहरुको रुपमा पहिचान गरि ६ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई लक्षित गरि २०८० पौष ५ गते देखि १४ गते सम्म नेपाल सरकारले दादुरा–रुबेला खोप अभियान सफलता पुर्वक सम्पन्न गरि सकेको छ ।

त्यसैले आजै आफ्नो नजिकैको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुसंग सम्पर्क राखि तपाईको ठाउँमा कहिले दादुरा–रुबला खोप अभियान संचालन हुँदैछ जानकारी लिई समयमै दादुरा, रुबलाको खोप आफ्नो बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा गई लगाऔं र आफ्नो वरिपरिका छरछिमेकीहरुलाई पनि लगाउनलाई खबर गरौं किन भने यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित धेरै सुरक्षित तथा प्रभावकारी छ । यसले तपाईको बालबालिकाहरुलाई दादुरा र रुबला रोग लाग्नबाट बचाउँछ ।

जुन रोग सामान्यतया ५ बर्ष मुनिका बालबालिकाहरुलाई धेरै हुने गरेको छ । दादुरा संक्रमण भएमा छिट्टैफैलिएर महामारी हुन सक्छ साथैं समयमा उपचार नपाएमा गम्भिर प्रकारका जटिलताहरु गराउनुका साथैं बिरामीको ज्यान समेत जान सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको भए पनि यो रोग गर्भावस्थामा लागेमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात विकलाङ्गहरु देखा पर्न सक्छ ।

(लेखक चौधरी जनस्वास्थ्य निरिक्षक एवं शहरी स्वास्थ्य केन्द्र २ नेपालगंज बाँकेको स्वास्थ्य संस्था प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्